प्रदेश १ : ५० सांसदको समर्थनसहित मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी (पत्रसहित)

लोकपथ
91
Shares

काठमाडौं । प्रदेश नं १ को मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेस गरेका छन् ।

नेता राईले सोमबार (आज) ५० सांसदको समर्थनसहित मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । आज मुख्यमन्त्रीबाट भीमप्रसाद आचार्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष दाबी पेस गरेका हुन् । उनलाई विपक्षी गठबन्धनमा आवद्ध दलहरु एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समर्थन रहेको छ ।

प्रदेशमा कुनै पनि दलको एकल बहुमत नरहेको भन्दै प्रदेश प्रमुख प्यासीले दुई वा दुई भन्दा बढी दलको समर्थनसहित सरकारको नेतृत्व गर्न बहुमतसहित दाबी पेस गर्न आह्वान गरेका थिए । मंगलबार (भोलि) दिउँसो १ बजेसम्मका लागि दाबी पेस गर्ने समयसीमा तोकिए पनि राईले बहुमतसहित आजै दाबी पेस गरेका हुन् ।

गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य अल्पमतमा परेपछि प्रक्रियामा नगइ राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?