सोमबार कोरोनाबाट ९ जनाको मृत्यु, कति थपिए संक्रमित (विवरणसहित)

लोकपथ
845
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ६६४ परीक्षणमा ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ४६८ पीसीआर परीक्षणमा ४४१ जना र ४ हजार १९६ एन्टिजेन परीक्षणमा ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, बितेको २४ घण्टामा ४९० जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?