मोदीको नेपाल भ्रमणलार्इ प्रकृतिको चुनाैती

काठमाडाैं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोली शुक्रबार नेपाल अाउँदैछन् । तर, अाउनुअघि नै प्रकृतिले मोदीको तीर्थाटनका गन्तव्यहरूमा बबण्डर मच्चार्इरहेको छ । 

बैशाख २८ गतेका लागि तय गरिएको मोदी भ्रमणलार्इ भव्य उत्सवका रूपमा मनाउन मधेसी दल नेतृत्वको दुर्इ नम्बर प्रदेश सरकारले जनकपुरका विभिन्न स्थानमा बनाएको स्वागतद्वारलार्इ मंगलबार रातीको हुरिले उडार्इदियो । मोदीले नेपाल भ्रमण जनकपुरको रामजानकी मन्दिर दर्शन गरि शुरू गर्दै छन् ।

मोदी तीर्थाटन जान लागेको अर्को गन्तव्य मुस्ताङमा पनि बुधबार राति बेमाैसमी हिमपात भएको छ । वैशाख महिनाको अन्तिममा हिमपात झरेको यसअघि नदेखेको स्थानीयले बताएका छन् । 

बुधबार रातीदेखिको हिमपात बिहिबार मध्यान्हसम्म पनि पूर्ण रूपमा रोकिएको छैन । बेमाैसमी हिमपातका कारण मुस्ताङका बाह्रगाउँ, मुक्तिक्षेत्र, दोलामे र लामान्थाङ क्षेत्र सेताम्य भएका छन् । अाधा फिटसम्म हिउँ जमेको छ भने चिसो निकै बढेको छ । मोदी भ्रमणको गन्तव्य मुक्तिनाथमा पिन अाधा फिटभन्दा बढि हिउँ जमेको छ ।

रातभरको हिमपातले बेनी-जोमसोम-कोरला सडकलगायत पूर्वाधार विकासका काम बन्द गर्नुपरेको छ । जोमसोमदेखि उपल्लो मुस्ताङ जाने यातायातका साधन चलेका छैनन् । 

हिमपात, वर्षा र चिसोका बाबजुद पनि मोदीको भ्रमण तथा स्वागतको तयारीमा प्रशासनिक र सुरक्षा निकायले तयारीलाई अन्तिम चरणमा पु¥याएका छन् । वर्षात्का कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी—जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउन बिहानैदेखि मजदूर तथा उपकरण परिचालन गरिएको बेनी—जोमसोम—कोरला सडक आयोजनाले जनाएको छ । 

बिहानदेखि हिउँ पर्न रोकिएको र मौसममा सुधार आएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको तयारीलाई भने असर नगर्ने मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?