केन्द्रदेखि प्रदेशसम्म सत्ताबाट बढारियो एमाले

लोकपथ
156
Shares

काठमाडाैं । नेकपा एमालेले आजबाट पूर्ण रुपमा केन्द्रदेखि प्रदेशसम्मका सरकार गुमाएको छ ।

असार २९ मा केन्द्रीय सरकार गुमाएको नेकपा एमालले सोमबार (आज) प्रदेश १ मा भीम आचार्यले राजीनामा दिएसँगै सबै सरकार गुमाएको हो ।

योसँगै एमाले अब ७ वटै प्रदेशमा प्रतिपक्षी बन्न पुगेको छ । अघिल्लो निर्वाचनमा दुई तिहाइको नजिक जनमतसहित केन्द्रदेखि ६ प्रदेशमा बहुमत सरकारको नेतृत्व गरेको एमाले आजबाट प्रतिपक्षमा पुगेको हो ।

एकपछि अर्को विवादित काम गर्दै आएका केपी शर्मा ओलीविरुद्ध तत्कालीन नेकपाका प्रचण्ड र माधवकुमार नेपाल एकजुट भई लागेपछि एमाले अहिलेको अवस्थामा पुगेको हो ।

नेकपा विभाजन भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि कर्णाली प्रदेशमा फ्लोर क्रस भई माओवादी नेतृत्वको सरकार जोगिएको थियो । सुदूरपश्चिममा पनि माओवादी नेतृत्वको सरकार जोगियो । त्यसपछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो भने केन्द्रमा ओली नेतृत्वको सरकार पनि ढल्यो ।

यसअघि लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढलेपछि दशैँलगत्तै बागमतीमा पनि ढल्यो । त्यसपछि अहिलेसम्म धर्मराउँदो अवस्थामा अल्झिएको एकमात्र प्रदेश १ को सरकार ढलेपछि आजबाट नेकपा एमाले पूर्णरुपमा सरकारविहीन भएको छ ।

अब स्थानीय निकायहरुमा मात्र एमाले नेतृत्वको स्थानीय सरकार छन् । देशभरजस्तो चुनाव जितेर पहिलो पार्टी बनेको यो चार वर्षमा एमालेले चुनावमा पाएको जनमत मात्र गुमाएन पार्टी विभाजन समेत भोग्नु प¥यो । यो घटनाले नेकपा एमालेलाई झन् ठूलो धक्का लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?