प्रदेश १ : मुख्यमन्त्री आचार्यले बुझाए राजीनामा (पत्रसहित)

लोकपथ
377
Shares

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा बुझाएका छन् ।

आज प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष राजीनामा बुझाएका हुन् ।

आज विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो । तर अल्पमतमा परेपछि आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

तत्कालिन मुख्यमन्त्री शेरधन राईले गत भदौ १० गते राजीनामा दिएसँगै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर केन्द्रमा नेकपा एमाले फुटेसँगै भदौ २५ गते अल्पमतमा परेका थिए ।

आचार्य अल्पमतमा परेसँगै विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?