ब्याजदरका विषयमा बोले गभर्नर अधिकारी

लोकपथ
364
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदरमाथि हस्तक्षेप नगरेको बताएका छन् ।

सोमबार (आज) गभर्नर अधिकारीले नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै ब्याजदरमाथिको हस्तक्षेपका विषयमा बोलका हुन् । बजारमा अस्वस्थ प्रतिप्पर्धा सुरु भएपछि बैंक तथा वित्तीय संस्था हिँड्ने बाटो सहज बनाएको गभर्नर अधिकारीले बताएका छन् ।

‘हामी बाटो स्मुथ बनाइरहेका छौँ । यसलाई सबैले सकारात्मक रुपमा लिनुपर्‍यो’, उनले भने । अहिले बजारमा चरम रुपमा तरलताको अभाव भइरहेका बेला वास्तविक ऋणीलाई ऋण लिनै नपाउने अवस्था आउन नदिने गभर्नर अधिकारीले दाबी गरेका छन् । साथै गत वर्ष कोरोनाका कारण बैंकमा पैसा थुप्रिएर ब्याजदर सस्तो भएका बेला बैंकले ऋणीलाई बोलाई बोलाई जथाभावी कर्जा लगानी गरेपछि अहिलेको अवस्था आएको भन्दै बैंकलाई घाँटी हेरेर हाड निल्न गभर्नर अधिकारीले आग्रह गरे ।

त्यसैगरी, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पछिल्लो समय अत्यधिक ऋण विस्तार भएको र अपेक्षाअनुसार निक्षेप संकलन नभएकाले तरलताको समस्या आएको बताए ।

त्यसैगरी, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले पुँजीगत खर्च गर्न नक्दा तरलतामा चाप परेको भन्दै त्यसले उत्पादन र उपभोग घटाउने बताए । त्यस्तै धेरै पैसा ट्रेजरी बिलमा अड्केकाले पनि तरलता समस्यालाई थप टेवा दिएको उनको तर्क छ ।

बजारमा देखिएको तरलताका कारण ४५ लाख सेयर लगानीकर्ता प्रभावित उनको तर्क छ । र सेयर बजारमा पनि असर पर्ने बताए । यसले ४५ लाख सेयर लगानिकर्ता समेत प्रभावित भएको उनको भनाइ छ । तरलता संकटका कारण शोधान्तरमा चाप परेको बताउँदै सरकारले लक्ष्य राखेको ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण हुने अध्यक्ष गोल्छाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?