नेपालले अमेरिकाको बोर्इङ जहाज नचलाउने

काठमाडाैं : नेपाल वायुसेवा निगमले अमेरिकी विमान निर्माता कम्पनी बोर्इङद्वारा निर्मित विमान नचलाउने भएको छ । निगमले अाफ्नो स्वामित्वमा रहेको बोर्इङनिर्मित एक विमान यसअघि नै बेचिसकेको छ भने अर्को एक विमान पनि बेच्न लागेको हो । 

दैनिक एक उडान भरिरहेको बी ७५७-२०० सिरिजको विमान बेच्न निगम व्यवस्थापनले मूल्यांकन प्रस्ताव अाब्हान गरेको छ । 

व्यवसायिक कम्पनीहरूले २१ दिनभित्र जहाजको वर्तमान वास्तविक मूल्य, यसका जगेडा पुर्जा लगायत सबैको मूल्यांकन गर्न सहभागी हुन निगमको सुचनामा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?