सेयर बजारमा दोहोरो अंकको गिरावट

लोकपथ
650
Shares

काठमाडौं । निरन्तर उकालो लागेको सेयर बजारमा आज (सोमबार) भने ‘करेक्सन’ आएको छ । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८६ बिन्दुमा पुगेको छ ।

त्यस्तै, ठूला कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.८८ अंकले घटेर ५२८.५८ बिन्दुमा पुगेको छ ।

आज कुल २२६ कम्पनीको एक करोड ३४ लाख ३ हजार ३१२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमध्ये ३ वटा समूहको सेयर मूल्य बढेको १२ भने बाँकि १० वटा समूहको सेयर मूल्य घटेको छ ।

आज मानुषी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ६५७ रुपैयाँ ८० पैसा पुगेको छ । पाँचथर पावर र शाहस ऊर्जा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाउँदा कामना सेवा विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?