यसकारण गरिन्छ कुकुर पूजा

लोकपथ
126
Shares

आज कुकुरतिहार । सबैभन्दा इमान्दार प्राणीको रुपमा रहेको कुकुरलाई पूजा गर्ने चलन छ ।

वर्षभरि हाम्रो धनसम्पत्ति, घरको सुरक्षा, मानिसप्रति बफादारी हुनेगरेकोमा यस दिन कुकुरलाई पुजेर, माला लगाइदिएर र मीठा खानेकुराहरु दिएर कृतज्ञताज्ञापन गरिन्छ ।

कुकुर तिहार कात्तिक कृष्ण चतुर्दशीका दिन मनाइन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

कुकुरलाई पनि यमदूतका रूपमा पुज्ने गरिन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ ।

कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ । त्यसैले हामी कुकुरतिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी मनाउँछौ ।

मान्छेको सबैभन्दा इमान्दार साथीका रुपमा कुकुरलाई लिने गरिन्छ । पाणीशास्त्री र मानववैज्ञानिक जोन ब्रेड्स मान्छे र जनावरबीचको सम्बन्ध र आपसी व्यवहारको अध्ययन गर्ने गर्छन् ।

‘इन डिफन्स अफ डग्स’ र ‘एनिमल्स एमोङ्ग अस’ किताबका लेखक जोन ब्रेडसले कुकुरमाथि अहिलेसम्मको गहिरो अध्ययन गरेका छन्ः

ब्वाँसोको टाढाको वंशज

कुकर ब्वाँसाको वंशज पनि हो । तर उक्त वंशज हजारौँ साल पहिले लोप भएको थियो । अमेरिका र युरोपमा अहिले पनि ब्वाँसो पाइने गर्छ । ऊ कुकुरको दोस्रो छिमेकी हो । यी ब्वाँसाको डीएनएमा कुकुरको डीएनएन ९९ प्रतिशत मेल खान्छ ।

जात फरक भएर पनि समानता

कुकुरका कैयन् आकार र जात छन् । यति प्रजाति त अरु जंगली जनावर या पाल्तु जनावरका पनि छैनन् । तर, कुकुरको शारीरिक विविधताको पनि एउटा सीमा छ । सबैभन्दा छोटो आकारको चिवावादेखि लिएर ठूलो कुकुर ग्रेट डेनको शारीरिक संरचना उस्तै हुन्छ । जस्तो कि, उनका पुर्खा ब्वाँसोको थियो ।

कुकुरको सुँघ्ने क्षमता किन तेज हुन्छ ?

कुकुरको कमालको सुँघ्ने क्षमता हुन्छ । जेकबसन या वोमेरोनेजल नामको अंगका कारण उसले सुँघ्न सक्छ । यो कुकुरको नाक र मुखको माथिल्लो भागमा हुने गर्छ । वैज्ञानिकले अहिलेसम्म पनि पत्ता लगाउन सकेका छैनन् कि यो अंग किन हुन्छ रु तर बिरालो र अन्य जनावरमाथिको अध्ययनले के बताउँछ भने सायद यो क्षमता कुकुरसँग यसकारण हुन्छ कि, अरु कुकुरले छोडेको संकेतलाई पहिचान गर्न सकून् ।

कुकुरले देख्छ कस्तो ?

कहिलेकाहीँ तपाईँलाई लाग्न सक्छ कि, कुकुरले कस्तो देख्छ रु कुकुरले हरियो, पहेँलो, र नीलो रंग त पत्ता लगाउन सक्छ तर कुकुरले रातो रंग भने पहिचान गर्न सक्दैन । यो रंगलाई कुकुरले फरक देख्ने गर्छ ।

कुकुर मुस्कुराउँछ

कुकुर मुस्कुराउँछ पनि । हामी जसरी मुस्कुराउँछौँ, त्यसरी नमुस्कुराए पनि जोन ब्रेड्सका अनुसार कुकुर आफ्नो मालिकसँग थोरै माया पाउनका लागि मुस्कुराउने गर्छ ।

कुकुरले आफू खुशी छु भनेर देखाउनलाई पनि मुस्कुराउने अध्ययनबाट देखिएको छ ।

कुकुरलाई कुनै पछुतो हुँदैन

कुकुरलाई यो कुराको फिलिङ्स हुँदैन कि, आफूले केही गलत गरेँ । तर धेरैलाई के लाग्छ भने कुकुरले आफ्नो गल्तीलाई फिल पनि गर्न सक्छ । कतिलाई त लाग्छ कि, कुकुरले गिल्टी फिल पनि गर्छ । तर विज्ञानका अनुसार कुकुरले उक्त समय शारीरिक हाउभाउका कारण प्रतिक्रिया दिन्छ तर उसलाई फिलिङ्स हुँदैन ।

मान्छेसँग भावनात्मक सम्बन्ध

निकै धेरै स्तनधारी जीव, प्रेम, डर, बेचैनी र खुशीजस्ता कुराको महशुस गर्न सक्छन् । अझ कुकुरले त मान्छेका लागि अरु पनि भावनात्मक प्रतिक्रिया दिने गर्छन् ।

धेरैलाई लाग्ने गर्छ कि, कुकुरले सबैलाई माया गर्छन् । तर, वैज्ञानिकका अनुसार कुकुरको व्यवहार यसले कति माया गर्छ भन्नेसँग निर्भर हुन्छ । एमरी युनिभर्सिटीका प्रोफेसर प्रेगरी बन्र्सले कुकुरलाई एमआरआईका दौरान स्थिर खडा हुनका लागि तालिम दिए । यो बुझ्नका लागि कि, मालिकलाई देख्दा कुकुरले दिमागमा कस्तो प्रतिक्रिया देखाउँछ । त्यतिबेला बुझियो, कुकुरले मान्छेको बडी ल्याङ्ग्वेज चिम्पान्जीले भन्दा बढी बुझिरहेको हुन्छ ।

भित्रबाट चाहिँ जङ्गली

यदि कोही कुकुर आफ्नो जीवनको सुरुवाती तीन महिनामा कोही मान्छेसँग सम्पर्कमा रहेन भने ऊ जंगली बन्न सक्छ । यसको उदाहरण अस्ट्रेलियन डिंगो नामको कुकुर हो । जो करिब ४ हजार वर्षसम्म पनि पाल्तु थिए । पछि ती कुकुरलाई एक द्वीपमा लगेर छोडियो । पछि ती जंगली बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?