पूर्व पाकिस्तानी प्रधानमन्त्री सरिफले सम्पत्ति भारतमा लुकाएको आरोप

एजेन्सी : पाकिस्तानीको नेशनल एकाउन्टेबलिटी ब्युरो (एनएबी)का अध्यक्ष सेवानिवृत न्यायाधीश जावेद इकबालले पूर्व प्रधानमन्त्री नवाज सरिफको सम्पत्तिमाथि छानबिन गर्न आदेश दिएका हुन् ।

उनले सम्पत्ति शुद्धिकरणसम्बन्धी आरोपको जानकारी प्राप्त गरेपछि यस्तो आदेश दिएका हुन् । 

नवाज सरिफले भारतमा ४.९ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिलाई भारत पठाएर शुद्ध पारेको आरोप मिडियाहरूमा आएपछि अध्यक्ष इकबालले यस्तो आदेश दिएको विज्ञप्ति जारी गरी जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?