गण्डकी प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : मुख्यमन्त्री पोखरेल

लोकपथ
104
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले संविधानको मूल्य, मान्यता विपरित गएर प्रदेश सरकारले प्रेस स्वतन्त्रता हनन् हुन नदिने भन्दै ढुक्क हुन पनि पत्रकारहरुलाई आग्रह गरे । नेपाल पत्रकार महासंघ, कास्की शाखाले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रक्रियामा गईसकेको मिडियासम्बन्धि विधेयक पत्रकारहरुसँगकै छलफलमा परिमार्जन गरेर अघि बढन आफूहरु तयार रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले भने, ‘पत्रकार जगत पनि, नागरिक समाज हाम्रा लागि लोकतन्त्रको अपरिहार्य अंग भएकाले पूर्ण स्वतन्त्रता लोकतन्त्रमा हुनुपर्छ भनेर हाम्रो संविधानले स्विकारी सकेको अवस्था छ । यस अवस्थामा यहाँहरुले जुन आशंका उठाउनु भएको छ, त्यो स्वभाविक हो । यहाँ सरकार परिवर्तन भयो । त्यो विधेयक फिर्ता लिएको भएपनि हुन्थ्यो भन्ने तर्क आउँछ । त्यो विधेयक प्रक्रिया गईसकेको हुनाले त्यो विधान समितितिर गएको छ । र मैले अघि नै भनिसके–जुन सरकार तपाईँहरुको कलमको सहयोगले स्थापित भएको छ । त्यो सरकारले संविधानको मूल्य र मान्यता विपरित गएर पूर्ण स्वतन्त्रताको भावना विपरित कुनै पनि विधेयक बनाउँदैन । ढुक्क भएर बस्नुहोला । र हामीले भनेका छौं–तपाईहरुकै बीचमा बसेर मिडिया सम्बन्धि विधेयक परिमार्जन गर्नेछौं । गण्डकी प्रदेश सरकार यो प्रतिवद्धता व्यक्त गर्दछ ।’

मुख्यमन्त्री पोखरेलले पत्रकारहरुकै सहयोगमा स्थापित भएको आफू नेतृत्वको प्रदेश सरकारले प्रेस स्वतन्त्रता विरोधी कुनै पनि कानुन नबनाउने बताए । उनले हाम्रो संविधानले प्रेस स्वतन्त्रतालाई स्विकार गरिसकेको हुनाले त्यस विपरित कुनै पनि खालको काम गर्न नमिल्ने समेत स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?