किवी टिप्न न्यूजिल्यान्ड विदेशी कामदार बोलाउँदै

एजेन्सी न्यूजिल्यान्डमा उसको राष्ट्रिय फल किवी टिप्न र राख्न श्रमिकहरूको अभाव भएको छ । न्यूजिल्यान्डले विदेशी कामदारलाई किवी टिपेर त्यसलाई प्याक गर्न बोलाउन आफ्नो भिसा नियम फेर्न लागेको हो ।

रूखमा पाकेका लाखौं किवी टिप्न त्यहाँ श्रमिकको आभाव भएपछि न्यूजिल्यान्ड सरकारले भिसासम्बन्धी सर्तलाई खुकुलो पार्न लागेको हो ।

किवीको मौसममा मौसमी श्रमिकको आभाव एक दशक यता पहिलो पटक देखिएको र यसका लागि विदेशी कामदार बोलाउने निर्णय सरकारले गरेको छ ।

यसले गर्दा न्यूजिल्यान्ड जाने पर्यटकहरूले किवीको बगैंचामा किवी टप्न र प्याक गर्ने ठाउँमा प्याकिंग गर्न पाउने काम गर्न पाउने सुविधा उपलब्ध गराउने भएको छ ।

किवीका माग धेरै छ । त्यसैले यस क्षेत्रमा काम गर्ने आंशिक श्रमिकलाई प्रति घन्टा १६.५० न्यूजिल्यान्ड डलर न्यूनतम ज्याला तोकिएको छ । किवीको माग विश्वव्यापीरूपमा बढेको छ । विशेषगरी चीनमा१९ प्रतिशत माग यो वर्ष बढयो । किवी बँगैचामा तत्कालै १२००कामदारको आवश्यकता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?