प्रदेश नं १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामाको घोषणा

लोकपथ
260
Shares

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् ।

सोमबार (आज) बसेको प्रदेश सभाको बैठकमा आफूले राजीनामा दिएको घोषणा गरेका हुन् ।

विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा आफ्नो पक्षमा अंकगणीत नपुग्ने भन्दै आचार्यले राजीनामा दिने घोषणा गरे । त्यस्तै आज नै प्रदेश प्रमुखलाई राजीनामा दिएको पत्र बुझाउन जाने समेत जानकारी गराएका छन् ।
केन्द्रमा एमालेको किचलो बढेपछि तत्कालिन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै गत भदौ १० गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएको १ महिनामा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । जसअनुसार आजका लागि विश्वासको मत लिने कार्यसूचीसहित बैठक बोलाइएको थियो । तर आफ्नो पक्षमा बहुमत नपुग्ने भन्दै प्रक्रियामा नगइ मार्ग प्रशस्त गर्ने घोषणा गरेका हुन् ।

आचार्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै विपक्षी गठबन्धनले सरकार गठनको तयारी थालेको छ । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?