बागमतीका मुख्यमन्त्री पाण्डेले कार्तिक २२ गते विश्वासको मत लिने

लोकपथ
130
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आगामी कार्तिक २२ गते विश्वासको मत लिने भएका छन् ।

गत कार्तिक ११ गते गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान अनुसार मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई उनको दल एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरि ५९ सांसदहरुको समर्थन रहेको छ ।

अल्पमतमा परेसँगै अष्टलक्ष्मी शाक्यले गत कार्तिक ११ गते मुख्यमन्त्रीबाट राजीनामा दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?