काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले सांसद प्रदीप यादवलाई स्पष्टीकरण सोधेको छ ।
मन्त्री नपाएको विरोधमा आफ्ना समर्थकबाट पार्टी र पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध नारावाजी गरेको आरोपमा जसपाले सांसद यादवलाई स्पष्टीकरण सोधेको हो ।
गत असोज २२ गते मन्त्रीमण्डल विस्तार हुँदा आफूलाई मन्त्री नबनाएको भन्दै सांसद यादव असन्तुष्ट बनेका थिए । पर्साबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने यादव निकटले उनलाई मन्त्री नबनाइएको भन्दै आन्दोलन समेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया