आज सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मात्रै पेसीमा, बालुवाटार जग्गा प्रकरणको मुद्दा ओझेलमा

लोकपथ
147
Shares

काठमाडौं । सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाहरु स्थगित गरिएको छ । निरन्तर इजलासमा अनुपस्थित न्यायाधीशहरु आज बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने भएसँगै पेसी तोकिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजको लागि ६ वटै बन्दी प्रत्यक्षीकरणको मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । सेवाग्राहीहरुको गुनासोपछि आज सो बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्नका लागि पेसी तोकिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले लोकपथलाई जानकारी दिए ।

बालुवाटार प्रकरण सम्बन्धी मुद्दाको आज अन्तिम फैसला आउने भनिएपनि संवैधानिक इजलासका न्यायाधीश नहकुल सुवेदी देश बाहिर रहेको कारण सो मुद्दा प्रभावित भएको उनको भनाइ रहेको छ ।

‘लामो समयदेखिको सेवाग्राहीहरुको गुनासोका कारण आज सो मुद्दाको लागि पेसी तोकिएको छ ।’ उनले भने, ‘र अन्य जस्तै बालुवाटारको जग्गासम्बन्धी मुद्दाको विषयमा भने केही न्यायाधीशज्यूहरु देश बाहिर भएको कारण आज फैसला हुन सकेन ।’

बालुवाटारको सरकारी जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध परेको मुद्दामा आज अन्तिम फैसला आउने भनिएको थियो । न्यायालय विवादका कारण दशैँ अघि नै सबै प्रक्रिया पुरा गरी फैसलाको आजका लागि मिति तोकिएको मुद्दा प्रभावित बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?