काठमाडौं । सोमबार (आज) पनि कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा प्रदर्शन सुरु गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आइतबारबाट कानुन व्यवसायीहरु आन्दोलनरत छन् । न्यायालयमा देखिएको विवाद समाधान लगायतका मागहरुसहित नेपाल बार एसोसियसनको अगुवाइमा कानुन व्यवसायीहरु आन्दोलनरत रहेका छन् ।
आइतबार (हिजो) कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए । भने आज पनि हातमा कालोपट्टीसहित विभिन्न नारा लेखिएका पर्चा पम्पेटहरु लिएर प्रदर्शनमा निस्किएका छन् ।
यसअघि शुक्रबार बार एसोसियसनले आन्दोलनका कार्यक्रमहरु जारी गर्दै प्रधानन्यायाधीशलाई ४ दिने अल्टिमेटम समेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया