काठमाडाैं : मलेसियामा भएको अाम निर्वाचनमा मलेसियाली विकासका रोल मोडल मानिने माथिर मोहम्मदको पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । मोहम्मदको जितसँगै ६० बर्ष लामो बारिसियन नेशनल (बीएन) गठबन्धनको सत्तायात्रा पनि रोकिएको छ ।
पूर्व प्रधानमन्त्री माथिरको पार्टीले सरकार गठनका लागि अावश्यक १ सय १२ सिट प्राप्त गरिसकेका छन् । पछिल्लो मतपरिणामअनुसार माथिरको पार्टीले १ सय १५ सिट प्राप्त गर्दा बिएन गठबन्धनले मात्र ७९ सिटमा जीत प्राप्त गरेको छ । कुल २ सय २२ जनप्रतिनिधी चुन्नका लागि मलेसियामा चुनाव भएको हो ।

पछिल्लो चुनावलार्इ दुर्इ फरक पार्टीभन्दा पनि प्रधानमन्त्री नाजिव रजाक र माथिरबीचको प्रतिष्पर्धाका रूपमा हेरिएको थियो । चुनाबी जीतसँगै ९२ बर्षीय माथिर सम्भवत : विश्वकै सवैभन्दा बृद्द निर्वाचित कार्यकारी प्रमुख बन्दैछन् । विजयी माथिरले अाफुले बदलाको भावना नराख्ने र सबैसँग मिलि मुलुकमा विधीको शासन अघि बढाउने प्रतिक्रिया दिएका छन् ।
माथिरले अाउँदो बिहिबार सपथग्रहण गर्नेछन् । सपथ ग्रहणका अवसरमा मलेसियामा सार्वजनिक विदा घोषणा गरिएको छ ।
मलेसियाको यो १४ अाैं अामनिर्वाचनमा १ कराेडभन्दा बढि नागरिकले मतदान गरेको त्यहाँको निर्वाचन अायोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया