मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन, केही दिनमा अन्तर्वार्ता

लोकपथ
325
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि खुलाइएको दरखास्तमा ६० जनाको आवेदन परेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको छ ।

क्यानले गठन गरेको छनोट समितिले आवेदन परेकाको केही दिनमा अन्तर्वाता गर्ने जनाएको छ । क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?