वेस्ट ह्यामको जितमा एस्टन भिल्ला स्तब्ध

लोकपथ
195
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले जित हात पारेको छ । आइतबार राति भएको खेलमा वेस्ट ह्यामले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको सातौं मिनेटमा बेन जोनसनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा ओली वाट्कीन्सले गोल गर्दै एस्टनलाई १-१ गोलको बराबरीमा ल्याए । ३८ औं मिनेटमा डिक्लन राइसले गोल गर्दै वेस्ट ह्यामलाई २-१ को अग्रता दिलाए ।

खेलको ५० औं मिनेटमा कोन्साले रातो कार्ड पाएपछि एस्टन १० खेलाडीमा समेटियो। खेलको ८० औं मिनेटमा पाब्लो फोर्नल्सले गोल गर्दै वेस्ट ह्यामको अग्रता ३-१ को बनाएका थिए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई ४-१ को जित दिलाए ।

वेस्ट ह्याम १० खेलमा २० अंक जोड्दै लिगको चौंथो स्थानमा उक्लिएको छ । एस्टन १० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?