बार्सिलोना फर्कन मन छ : मेस्सी

लोकपथ
338
Shares

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फरवार्ड लियोनल मेस्सीले बार्सिलोना फर्कन मन भएको बताएका छन् ।

यसै सिजन स्पेनिस क्लब बार्सिलोना छोडेर फ्रेन्च क्लब पीएसजीमा आवद्ध भएका मेस्सीले आफूलाई बार्सिलोनाको धेरै माया लाग्ने र कुनै न कुनै भूमिकामा बार्सिलोनासँग जोडिन मन भएको बताएका हुन् ।

मेस्सीले एक अन्तर्वार्तामा बोल्दै भनेका छन्, ‘मैले भन्दै आएको छु, म बार्सिलोना फर्कन चाहन्छु ।
बार्सिलोनाले राम्रो गरोस भनेर म सहयोगी हुन चाहन्छु । म बार्सिलोनालाई धेरै माया गर्छु बार्सिलोना विश्व फुटबलमा सधैं उत्कृष्ट क्लब रहनु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?