अत्तरिया चोकमा पूर्वराजा महेन्द्रको शालिक बन्ने

लोकपथ
1.4k
Shares

धनगढी । कैलालीको अत्तरिया चोकमा पूर्व राजा महेन्द्र शाहको शालीक निमांण गरिने भएको छ ।

शालिक पुनः निर्माण समितिले मंगलवार शालिक पुनःनिर्माणको कार्य शुभारम्भ गर्न लागेको हो ।

ऐतिहासिक महत्व बोकेको पूर्व राजा महेन्द्रको शालिक राष्ट्रिय पहिचानको सम्पदा भएकोले पुनःनिर्माण गरिन लागेको सो समितिका अध्यक्ष हरीदत्त भट्टराईले बताए ।

अध्यक्ष भट्टराईका अनुसार आम जनताले स्वच्छाले दिएको दानबाट शालिक पुनःनिर्माण गरिने छ ।

शान्ति पक्रियामा आएपछि चोक, मन्दिर, पार्क लगायतका स्थानमा रहेका राजाका शालिकहरु हटाइएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?