वर्तमान गठबन्धनको सरकार जनताप्रति उत्तरदायी हो : अर्थमन्त्री शर्मा

लोकपथ
91
Shares
dGqL zdf{– ;Daf]wg x]6f}+8f, !$ sflQs . g]kfn ;/sf/sf cy{dGqL Pj+ g]skf dfcf]jfbL s]Gb|sf :yfoL sld6L ;b:o hgfb{g zdf{ …k|efs/Ún] cfOtaf/ x]6f}+8fdf jfOl;Pn x]6f}+8fsf] gu/ ;Dd]ngnfO{ ;Daf]wg ub}{ x]6f}+8f sk8f pBf]u tyf uf]vf{sf] 6fo/ pBf]u xfdL ;~rfngdf NofpF5f}+ eGg’eof] . t:jL/ M c~hnL yfkf, /f;;

मकवानपुर । अर्थमन्त्री एवं नेकपा माओवादीका नेता जनार्दन शर्माले वर्तमान गठबन्धनको सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन् ।

हेटौंडामा आज आयोजित वाइसिएल हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनमा उनले भने, “नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धनको सरकारले जनउत्तरदायित्व बहन गर्दै जनताको हित हुने काम गरिरहेको छ ।”

उनले देशको अर्थतन्त्र ऋणात्मक भइरहेको बेला हालै आएको प्राकृतिक विपत्तिले थप जटिलता दिएकाले अर्थतन्त्रमा थप नकारात्मक असर परेको बताए । हालै आएको बेमौसमी बाढीका कारण देशको जिडिपीमा ७ प्रतिशत योगदान रहेको कृषितर्फको धान खेती नष्ट हुँदा देशको अर्थतन्त्रसँगै गरिब किसानकोे जीविकामा जटिलता थपिएको उल्लेख गरे ।

मन्त्री शर्माले सरकारले छोटो समयमा प्रतिस्थापन विधेयकमार्फत युवा, महिला, विद्यार्थी, बालबालिका, घाइते, अपाङ्ग, शहीद परिवार र गरिब जनताको मुद्दामा थोरै भए पनि बजेट विनियोजन गरेर सम्बोधन गर्ने काम गरेको बताए । प्राकृतिक प्रकोपबाट धान खेती नष्ट भएका कृषकको पीडा सम्बोधन गर्ने उद्देश्यका साथ सरकारले राहतको प्याकेजसमेत ल्याएको र चाँडै नै कृषकलाई राहत उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?