काठमाडौं । सर्वाेच्च अदालतले हत्या मुद्धा सैनिक अदालतमा पठाउने आदेश कार्यान्वयन नगर्न अन्तरिक आदेश जारी गरेको छ ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले यस्तो आदेश दिएको हो । सर्वाेच्चले नेपाली सेनाका एक सैनिक जवानले गरेको हत्यासम्बन्धी मुद्दालाई सैनिक अदालतमा सुनुवाइ गर्न पठाउने चितवन जिल्ला अदालत र त्यसलाई सदर गर्ने उच्च अदालत पाटनको हेटौंडा इजलासको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
महान्यायाधिवक्ता कार्यालयले चितवन जिल्ला अदालतसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको एकल इजलासले उक्त मुद्दा चितवन जिल्ला अदालतमै फर्काउने अन्तरिम आदेश दिएको हो ।
सैनिक जवानले गरेको हत्या सम्बन्धी मुद्दा जिल्ला अदालतले सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा त्यसो नगरी सैनिक अदालतलाई स्थानान्तरण गरेको भन्दै महान्यायाविधक्ता कार्यालयले सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो । त्यसको सुनुवाइ गर्दै सर्वोच्चले जिल्ला र उच्च अदालतका आदेशहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया