अलमुताइरीलाई स्वागत गर्दै मन्त्री गहतराजले भने- ‘सरकार साथमा छ, ढुक्क भएर काम गर्नुहोस्’

लोकपथ
754
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीलाई स्वागत गरेका छन् ।

शनिबार नेपाल फर्किए लगतै आईतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अलमुताइरीलाई मन्त्री गहतराजले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरे ।

नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन अलमुतारीले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै मन्त्री गहतराजले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह गरे ।

विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अलमुताइरीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको उल्लेख गर्दै मन्त्री गहतराजले भने, “नेपाल सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोला ।”

स्वागतपछि प्रतिक्रिया दिदैं अलमुतारीले नेपाल र नेपालीहरुको मायाले आफु पुनः नेपाल फर्किएको बताए । आजको दिन आफ्नो जिवनकै अविष्मरणीय क्षण भएको बताउँदै अल्मुतारीले नेपालले आफुलाई धेरै माया दिएको बताए । शनिबार नेपाल फर्किएका अल्मुतारीको थप तीन वर्षका नेपालकालागि फुटबल प्रशिक्षकका रुपमा काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?