हेर्नुहोस् लोकपथको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
105
Shares

१.न्यायालयमा सुधारको माग गर्दै नेपाल बार एसोसियसनको आजबाट सर्वाेच्च अदालत परिसरमा धर्ना, प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन चर्काउने कानुन व्यवसायीको चेतावनी ।

२.प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग वार्ता गर्न ३ जना न्यायाधीशलाई जिम्मा, एक हप्तादेखि न्यायाधीशहरू इजलासमा नबसे पनि प्रधानन्यायाधीश भने इजसासमा बसे ।

३. विश्व आकर्षणको केन्द्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राख्न राष्ट्रपति विद्यादेवी भण्डारीको जोड, राष्ट्रिय विकास क्षेत्रीय चिन्तनबाट प्रभावित हुन नहुने भनाइ ।

४. विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता, विदेशी लगानीकर्तालाई नेपालमा सुरक्षाको प्रत्याभूति दिन सरकार सधैँ तयार ।

५. एमसीसी सम्झौताबारेको निर्णय नेपालमै निर्भर रहेको एमसीसीको प्रस्टोक्ति, नेपालको संसदबाट सम्झौता पास नभएपछि हट्ने अमेरिकी संकेत ।

६.सत्तारुढ पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्मै जाने गृहमन्त्री बालकृष्ण खाँणको भनाइ, देशमा शान्ति, स्थायित्व र संविधानको कार्यान्वयन गर्न सरकार गम्भीर

७. नेतृत्वको कारण कांग्रेस अहिले इतिहासमै कमजोर बनेको कांग्रेस नेता प्रकाशमान सिंहको दाबी, केपी शर्मा ओली नेतृत्वको सरकारका कारण न्यायालयमा अहिलेको अवस्था देखिएको भनाइ ।

८.अमेरिकाले ईडीभी फारम भर्न पासपोर्ट अनिवार्य गरेपछि पासपोर्ट बनाउनेहरूको भीड, भीडमा कोरोना संक्रमण जोखिमको भने बेवास्ता ।

९. प्रदेश सांसद नरहेका कर्णाली प्रदेशका ३ जना मन्त्री भोलिबाट स्वतः पदमुक्त हुँदै, पार्टीबाट नयाँ मन्त्री कसलाई बनाउने भन्नेमा नेकपा एकीकृत समाजवादी छलफलमा ।

१०.जनकपुर उपमहानगरका ३ वटा वडाका वडाअध्यक्षले मेयरको घरअगााडि फोहोर थुपारे, मेयर लालकिशोर साह फोहोर व्यवस्थापनमा गम्भीर नबनेको आरोप ।

११.दशैँपछिको सेयर कारोबारमा आइतबार नयाँ रेकर्ड, सेयर बजार परिसूचक नेप्से ५५ अंकले बढ्यो, ७ अर्ब ८२ करोडको सेयर किनबेच ।

१२.आइतबार नेपालमा कोरोनाका ४ सय ८ जना नयाँ संक्रमित थपिए, ५ सय १८ जना संक्रमणमुक्त, पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु

१३. ठूला अर्थतन्त्र भएका मुलुकहरू जी ट्वान्टीका नेताद्वारा कर्पाेरेट करसम्बन्धी ऐतिहासिक सहमति, ठूला व्यवसायको नाफामा १५ प्रतिशत कर लगाउने सम्झौता अनुमोदन ।

१४.झापा, काटमाडौंमा जारी मेयर कप भेट्रान्स फुटबलको फाइनलमा प्रवेश, झापाद्वारा त्रिभुवन आर्मी क्लब २–० गोल अन्तरले पराजित ।

१५. र

यूएईमा जारी आईसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटमा आज भारत र न्यूजिल्याण्ड भिड्दै, दुवै टिम एक–अर्कालाई हराएर जित निकाल्ने दाउमा ।

https://www.facebook.com/lokpath/videos/1485491881806054

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?