राष्ट्रिय जनगणना २०७८ सुरु

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ ।

जिल्ला जनगणना कार्यालयको नेतृत्वमा सबै स्थानीय तहमा एक साथ राष्ट्रिय जनगणना सुरु गरिएको हो । हिजो कात्तिक १३ गतेबाट भने देशभर मुख्य गणनाका लागि गणकहरुको तालिक सुरु गरिएको जिल्ला जनगणना कार्यालय, काठमाडौंका सहायक जिल्ला जनगणना अधिकारी बलराम दुलालले जानकारी दिए । यो तालिम कार्तिक १७ गतेसम्म हुनेछ । काठमाडौं जिल्ला बाहेकका अन्य जिल्लाहरुमा भने कात्तिक १६ गतेसम्म मात्रै गणकहरुको तालिमको व्यवस्था गरिएको पनि काठमाडौंका सहायक जिल्ला जनगणना अधिकारी दुलालले बताए ।

केन्द्रीय तथ्यांक विभागले यही कात्तिक २५ गतदेखि मंसीर ९ गतेसम्म मुख्य गणनाको काम सुरु गर्दैछ । सोही गणनाका लागि गणकहरुको तालिम सुरु गरिएको काठमाडौं जिल्ला जनगणना अधिकारी धर्मरत्न बज्राचार्यले बताए ।

मुख्य जनगणनाका लागि काठमाडौंमा ३ वटा स्थानमा ४५७ जना गणकहरु सो तालिममा सहभागी भएका छन । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनामा सहभागी हुन केन्द्रिय तथ्यांक विभागले सबैलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?