निकास खोज्न प्रधानन्यायाधीशसँग न्यायाधीशहरुको भेटघाट

लोकपथ
70
Shares

काठमाडौं । पछिल्लो समय न्यायालयसम्बन्धी विवाद पेचिलो बनेको छ । जसको कारण निरन्तर सुनुवाइमा अवरोध खडा भइरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग असन्तुष्ट न्यायाधीशहरु इजलासमा उपस्थित भएका छैनन् । यसै क्रममा आइतबार प्रधानन्यायाधीश राणासँग सर्वोच्चका न्यायाधीशहरुले भेटघाट गरेका छन् ।

प्रधानन्यायाधीश राणासँग न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिल सिन्हा र डा. मनोज शर्मा लगायतले प्रधान्यायाधीश राणासँग भेट गरेका हुन् । आइतबारको एकल इजलासमा फैसला गरेर प्रधानन्यायाधीश राणा न्यायाधीशहरुसँग भेटघाट गर्न उपस्थित भएका हुन् । त्यसो त आजबाट प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले प्रदर्शन सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?