न्यायालय विवाद : न्यायाधीशहरु प्रधानन्यायाधीशसँग भेट गर्दै

लोकपथ
77
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग भेट गर्ने भएका छन् ।

न्यायालयमा देखिएको विवाद र त्यसको समाधानका लागि भन्दै न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँग भेट गर्न लागेका हुन् । आइतबार (आज) प्रधानन्यायाधीशको इजलासपछि न्यायाधीशहरुले प्रधानन्यायाधीशसँग भेट गर्न लागेका हुन् ।

आज तोकिएको मध्ये प्रधानन्यायाधीश राणाको इजलासमा मात्र सुनुवाइ भएको छ ।

त्यसैगरी प्रधानन्यायाधीश राणासँग असन्तुष्ट न्यायाधीशहरुले बैठक समेत आह्वान गरेका छन् । भोलि बिहान ११ बजेका लागि न्यायाधीशहरुले बैठक आह्वान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?