काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आइतबार इजलासमा बसेका छन् ।
प्रधानन्यायाधीश जबराको इजलासमा चितवन जिल्ला अदालत समेतका विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ ।
न्यायालयमा देखिएको विवादका कारण केही दिन देखि सर्वोच्चमा सुनुवाइ प्रभावित बनेको छ । प्रधानन्यायाधीश जबराले इजलास तोकेपनि न्यायाधीशहरु सुनुवाइको लागि उपस्थित भएका छैनन् ।
आइतबारका लागि प्रधानन्यायाधीश जबराले एकल र संयुक्त गरी आफ्नो भागमा दुई इजलास तोकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया