काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन अनेरास्ववियुले आउँदो फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्नेगरी कार्यतालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।
आइतबार (आज) अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालसहितको टोलीले उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई भेटगरी स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको छ ।
त्यसैगरी विश्वविद्यालयमा शिक्षा सुधारका विभिन्न माग राख्दै अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शिक्षाको बढी शुल्क निर्धारण गरेको भन्दै फिर्ता लिन माग गरेको छ ।
त्यस्तै विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनुसारको शैक्षिक सत्र प्रारम्भ, परिक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गरियोस् । सेमेस्टरको हकमा २ महिना भित्रमा र वार्षिक परिक्षाको हकमा ३ महिनाभित्रमा परिक्षाफल अनिवार्य प्रकाशित गर्न समेत अनेरास्ववियुको माग रहेको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया