वामएकता : नयाँ अध्यायको शुरुवात या लुटतन्त्रको साझेदारी

-सुर्यदीप रेग्मी

 

खासगरि एकअर्काको अनुहार पनि हेर्न मन नपराउने एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चुनावी तालमेल घोषणा सभाको एउटै मञ्चमा देख्दा धेरैले आश्चार्य प्रकट गरे । त्यसो त एकता आँफैमा सुन्दर शब्द हो र दलहरु बीच एकता संभव भए नेपाल जस्तो अस्थिर राजनीति भएको मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रसस्त संभावना देखिन्छ अझै मतदाताको तथ्यांकलाई विश्लेषण गर्ने हो भने नेपालमा बामपन्थि विचारका पक्षधरहरु धेरै छन तर कहिल्यै जुट्न नजानेका र फुटको रोगले ग्रस्त नेपालका बामपन्थि दलहरु एकता प्रक्रियामा आउनुलाई आम नागरिकले आश्चार्य प्रकट गर्नु स्वाभाविक पनि हो किनकि स्थापना भएयता नेपालका बामपन्थि दलहरु दर्जनौ पटक विभाजित भईसकेका छन ।

यो साता नेपाली राजनीति एकाएक तरंगीत बन्यो, कारण थियो अकस्मात बाहिर ल्याईएको बाम एकताको सन्दर्भ । बाम एकता वा चुनावी तालमेल हठातको निर्णय थियो या निकै लामो प्रयास पछि यो संभव भएको थियो यस्को विश्लेषण आगामी दिनहरुमा हुने नै छन तर प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनकोे पूर्वसन्ध्यामा भएको चुनावी तालमेल र एकता सम्मको छलफलले नेपाली सञ्चार माध्यममा ठुलो स्थान पायो । खासगरि एकअर्काको अनुहार पनि हेर्न मन नपराउने एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चुनावी तालमेल घोषणा सभाको एउटै मञ्चमा देख्दा धेरैले आश्चार्य प्रकट गरे । त्यसो त एकता आँफैमा सुन्दर शब्द हो र दलहरु बीच एकता संभव भए नेपाल जस्तो अस्थिर राजनीति भएको मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रसस्त संभावना देखिन्छ अझै मतदाताको तथ्यांकलाई विश्लेषण गर्ने हो भने नेपालमा बामपन्थि विचारका पक्षधरहरु धेरै छन तर कहिल्यै जुट्न नजानेका र फुटको रोगले ग्रस्त नेपालका बामपन्थि दलहरु एकता प्रक्रियामा आउनुलाई आम नागरिकले आश्चार्य प्रकट गर्नु स्वाभाविक पनि हो किनकि स्थापना भएयता नेपालका बामपन्थि दलहरु दर्जनौ पटक विभाजित भईसकेका छन । विश्वमा स्थापित साम्यवादी मान्यतालाई आधार मान्ने हो भने चरित्र र विचारका आधारमा माओवादी केन्द्र र एमाले अनि अन्य केही बामदलहरु कम्यूनिष्ट होईनन् पनि भन्न सकिन्छ किनकि कम्यूनिज्मको मान्यता विपरित यी दलहरु संसदीय अभ्यासमा छन भलै उनीहरुले संसदको उपयोग गर्दै समाजवादी राज्य स्थापना गर्ने आफ्नो लक्ष्य रहेको बताउन छोड्दैनन् ।

माओवादीलाई सत्तापक्ष भन्ने या प्रतिपक्ष भन्ने प्रश्नले सरकारको नेतृत्व गरेका काँग्रेस सभापति शेरबहादुर देउवालाई ठुलो कन्फ्यूजनमा राखेको छ।

 

राजनीतिको सरलरेखाबाट हेर्दा नेपालको पछिल्लो राजनीतिलाई दुई फरक कोणबाट विश्लेषण गर्न सकिन्छ, पहिलो नयाँ अध्यायको शुरुवात र दाश्रो लुटतन्त्रको साझेदारी ।

सत्ता साझेदार माओवादी केन्द्रले एकाएक प्रतिपक्षमा रहेको एमालेसँग गठबन्धन गरेपछि सरकारको नेतृत्व गरेको नेपाली काँग्रेस आत्तिएको छ किनकि माओवादीलाई सत्तापक्ष भन्ने या प्रतिपक्ष भन्ने प्रश्नले सरकारको नेतृत्व गरेका काँग्रेस सभापति शेरबहादुर देउवालाई ठुलो कन्फ्यूजनमा राखेको छ । यसैकारण पनि नेपाली काँग्रेस लोकतान्त्रिक गठबन्धनको तयारीमा जुटेको छ ।राजनीतिको सरलरेखाबाट हेर्दा नेपालको पछिल्लो राजनीतिलाई दुई फरक कोणबाट विश्लेषण गर्न सकिन्छ, पहिलो नयाँ अध्यायको शुरुवात र दाश्रो लुटतन्त्रको साझेदारी ।वम तालमेल र एकता प्रयासलाई नयाँ अध्यायको शुरुवात पनि मान्न सकिन्छ किनकि दलहरु स–साना गुटमा विभाजित भएकै कारण राजनीतिक अस्थिरता बढेको छ । राजनीतिक अस्थिरता बढ्नुमा नेपालमा स्थायी सरकार बन्न नसक्नु प्रमुख कारण हो । व्याप्त अस्थिर राजनीतिकै कारण आम नागरिकमा राजनीति प्रति व्यापक वितृष्णा फैलिएको छ, आम नागरिकमा फैलिएको राजनीतिक वितृष्णाबारे नेपालका राजनीतिक दलहरु जानकार छन र उनीहरु यो पनि जान्दछन कि कुनैपनि बेला नेपाली जनताले वैकल्पिक राजनीतिको नयाँ बाटो समाउने छन ।

नेपालमा वैकल्पिक राजनीति आवश्यक छ भनेर चटक देखाएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सुर्य चिन्हमा निर्वाचन लड्ने निर्णय किन गरे त ? अब बाबुरामहरुले नेपाली जनता सामु प्रष्ट पार्न जरुरी छ, कि एमाले नै वैकल्पिक राजनीतिक शक्ति हो भन्न सक्नु प¥यो कि एक्लै चुनाव लड्दा संसदको भाग आँफुलाई नपर्ने देखेर एकताको कुरा गर्दै तालमेल गरिएको हो, यस अर्थमा बाबुरामले लगाएको वैकल्पिक शक्तिको मखुण्डो पुरै उदांगो भएको छ ।

आम मतदातामा वितृष्णा फैलिन नदिन राजनीतिक दलको चेत खुलेको भए पछिल्लो दलिय ध्रुवीकरणलाई नेपाली राजनीतिको नयाँ अध्यायको रुपमा लिन सकिन्छ तर यो नै आम नागरिक सन्तुष्ट भैहाल्ने पर्याप्त कारण भने होईन । किनकि निर्वाचनको ठिक अगाडि गरिएको बामएकताको चर्चा सत्तामा साझेदारी गर्दैै फेरि भागबण्डाको राजनीति गर्ने शुरुवात पनि हो । यस्को बलियो आधार संविधानले गरेको थ्रेसहोल्डको व्यवस्था हो, खासगरि ३ प्रतिशत थ्रेसहोल्डका कारण साना दलहरु अत्तालिएका थिए, निर्वाचन अगाडिनै तालमेल र एकताको प्रक्रिया शुरु गरे आफ्नो भाग सुरक्षित हुने उनीहरुको बुझाई छ नत्र नेपालमा वैकल्पिक राजनीति आवश्यक छ भनेर चटक देखाएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सुर्य चिन्हमा निर्वाचन लड्ने निर्णय किन गरे त ? अब बाबुरामहरुले नेपाली जनता सामु प्रष्ट पार्न जरुरी छ, कि एमाले नै वैकल्पिक राजनीतिक शक्ति हो भन्न सक्नु प¥यो कि एक्लै चुनाव लड्दा संसदको भाग आँफुलाई नपर्ने देखेर एकताको कुरा गर्दै तालमेल गरिएको हो, यस अर्थमा बाबुरामले लगाएको वैकल्पिक शक्तिको मखुण्डो पुरै उदांगो भएको छ । भखैरै सम्पन्न स्थानीय तह निर्वाचनको अनपेक्षित परिणामले अत्तालिएको माओवादी केन्द्रले पनि एक्लै निर्वाचन लड्नु भन्दा एमालेसँग ४० प्रतिशत मागेर जाँदा आँफु सुरक्षित हुने महशुस ग¥यो र एकता प्रक्रिया भन्दै एमालेसंग चुनावी तालमेल ग¥यो, उस्को स्वार्थ पनि संसदिय राजनीतिमा महत्वपूर्ण हिस्सा ओगटीरहनेनै देखिन्छ ।

के प्रचण्डलाई पार्टी बोझ भएकै कारण चुपचाप एमालेमा बिलय गराउन खोज्दै छन ? या विपरित ध्रुवमा फर्किएको माओवादी आफ्नो शरणमा आएका कारण मख्ख देखिएको एमाललेलाई प्रचण्डले आफ्नो सरप्राईज देखाउन बाँकि नै छ ? किनकि प्रचण्ड नेपाली राजनीतिका निकै माहिर र अभ्यस्त खेलाडि हुन ।

तालमेल र एकताको चर्चाले एमाले भने हौसिएको छ, उनीहरुले तत्कालका लागि ४० प्रतिशत सिट दिएर माओवादी केन्द्रसँग तालमेल गरेपनि एकताहुने र माओवादी केन्द्र लगायतका दलहरु वामएकताका नाममा एमालेमा बिलय हुने बुझाईमा मख्ख छ यसैकारण पनि एमालेका कार्यकर्ताहरु पछिल्लो समय अध्यक्ष केपी ओलीलाई राजनेताको रुपमा ब्याख्या गर्दै देवत्वकरण गरिरहेका छन । तर यहाँनिर केही प्रश्न भने अनुत्तरित छन, एमाले कार्यकर्ताले वामएकताका नाममा माओवादी केन्द्र एमालेमा बिलय हुने टिप्पणी गरेपनि माओवादी केन्द्रका सुप्रिमो प्रचण्ड चुपचाप छन, प्रश्न खडा छ, के प्रचण्डलाई पार्टी बोझ भएकै कारण चुपचाप एमालेमा बिलय गराउन खोज्दै छन ? या विपरित ध्रुवमा फर्किएको माओवादी आफ्नो शरणमा आएका कारण मख्ख देखिएको एमाललेलाई प्रचण्डले आफ्नो सरप्राईज देखाउन बाँकि नै छ ? किनकि प्रचण्ड नेपाली राजनीतिका निकै माहिर र अभ्यस्त खेलाडि हुन । प्रश्न एकताको हल्लाले आम कार्यकर्तामा छाउन लागेको खुशियाली कतिदिन टिक्छ भन्ने पनि हो । राजनीतिक स्थायित्व र स्थिर सरकार निर्माणकै लागि दलिय ध्रुवीकरण बढेको हो भने यस्लाई लोकतान्त्रिक राज्य व्यवस्थामा सुखद रुपमा ग्रहण गर्न सकिन्छ तर दृष्य र राजनीतिका बाछिटाहरु हेर्दा यो ध्रुवीकरणले आ आफ्नो भाग सुरक्षित गर्दै सत्तामा रमाउने र नयाँ लुटतन्त्रको अध्याय शुरुगर्ने संभावना पनि जिवित राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?