काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा सहभागिताको लागि जनकपुरको मिथिला नाट्य कला परिषद्का कलाकारहरुको बिदाई कार्यक्रममा बोल्दै महतोले सो कुरा बताएका हुन् ।
उनले नेपाल भारतबीचको संस्कृतिले सम्बन्धलाई बलियो बनाउने काम गरेको पनि उल्लेख गरे । राम र सीताबीचको सम्बन्ध रामायणकालीन भएकै कारणले आफुहरुले नेपाल–भारत सम्बन्धलाई बेटीरोटीको सम्बन्ध बताउँदै आएको उनले बताए । वरिष्ठ नेता महतोले सीताबिना सम्पूर्ण रामायण नै अपुरो रहेको भन्दै रामायणले नेपाल–भारतको सम्बन्धलाई जोड्नमा सेतुको काम गरेको बताए ।
उनले मिथिलाको कला क्षेत्र पौराणिक कालदेखि नै उन्नत रहेको बताउँदै यसको विकासमा आफनोतर्फबाट हुने सबै प्रकारको सहयोग गर्ने बताए । मिथिला नाट्य कला परिषद्ले मिथिला संस्कृति र यसको विकासको लागि खेलिरहेको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया