सुजिता भइन् मिस युनिभर्स नेपाल (फोटो फिचर)

काठमाडौँ ।  शनिवार साँझ काठमाडौँमा आयोजित ‘मिस युनिभर्स नेपाल– २०२१’ को उपाधि सुजिता बस्नेतले जित्न सफल भएकी छन् ।


मिस युनिभर्स नेपाल– २०२१ को ग्रान्ड फिनालेमा उनले १५ जना प्रतियोगीलाई पछि पर्दै उपाधि जितेकी हुन् । अन्य दुई सबटाइटल समेत जित्न सफल भएकी बस्नेतले उपाधि हात पारे पछि नगद १० लाख सहित हिरा जडित ताज समेत पाइन् । उनलाई ताज गत वर्षकी ‘मिस युनिभर्स नेपाल’ विजेता सुजिता बस्नेतले लगाइदिएकी थिइन् ।


ग्राण्ड फिनाले राउन्डको पहिलो चरणबाट टप टेन र टप फाइभको छनोट गरिएको थियो । यो प्रतियोगितामा नीनकान्ता मण्डल फस्ट रनर्सअप, रक्षा उप्रेती सेकेन्ड रनर्सअप, प्रतीक्षा महरा क्षेत्री थर्ड रनर्सअप तथा डा। केशु खड्का फोर्थ रनर्सअप भएका थिए ।


मिस युनिभर्स नेपाल– २०२१ को विजेता सुजिता बस्नेतले आगामी डिसेम्बर १२ तारिखमा इजरायलमा आयोजना हुने मिस युनिभर्स प्रतियोगितामा सहभागिता गर्ने छिन् ।


गत वर्ष देखि नेपालमा आयोजना हुन लागेको यो प्रतियोगिताको फ्रेन्चाइज मिस नेपाल अर्थ २०१२ को उपाधि विजेता नगमा श्रेष्ठले नेपाल भित्राएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?