छुट्टाछुट्टै सवारी दुर्घटना : ८ जनाको मृत्यु

लोकपथ
77
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएको छुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

सो क्रममा दाङ, राप्ती गाउँपालिका-८ पिपरीस्थित सडकमा रा.२ प ४६५९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार प्युठान गहुमुखी गाउँपालिका-९ बस्ने २५ वर्षीय कृष्ण केसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी नवलपरासी (पूर्व), मध्यविन्दु नगरपालिका(७ चोरमारास्थित सडकमा गण्डकी प्रदेश ०४ ००१ प २७४८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई रुखमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय नेत्र बहादुर मिथुन मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै झापा, अर्जुनधारा नगरपालिका-११ सालबारीस्थित सडकमा प्रदेश १-०१-०१२ प ४३७४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई कल्बर्टमा ठोक्किएर खोलामा खसेर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-११ बस्ने १८ वर्षीय कुसल दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको बेहोस अवस्थामा उद्धार गरी उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै रौतहट, चन्द्रपुर नगरपालिका(३ प्रणामी टोलस्थित सडकमा ना।४ त ३९३५ नम्बरको ट्याक्टरका चालक चन्द्रपुर नगरपालिका-३ पुरानो टोल बस्ने ३५ वर्षीय रतन बहादुर मोक्तानको सोही ट्याक्टरबाट लडेर चक्काले किच्दा शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको एपोलो सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कपिलवस्तु, बाणगंगा नगरपालिका-८ मधुवनस्थित सडकमा लु. ५२ प ६२४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीय रुद्र प्रसाद पौडेलको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका(३ वडा कार्यालय नजिक सडकमा म.२ प ७६३० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने १८ वर्षीय पुष्प गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको निर्सग अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका २ जनाको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

दाङ, घोराही उपमहानगरपालिका-१० सौडीकुलास्थित सडकमा रा.४ प ७८५५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ बर्गदी बस्ने ४३ वर्षीय खिशिराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै मेडिकल कलेज कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-४ दुलारीस्थित सडकमा बिआर ५० जिए ०३०६ नम्बरको भारतीय लहरीले को.३६ प २१७२ नम्बरको स्कुटरलाई शनिबार साँझ ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालक सुन्दरहरैचा नगरपालिका-४ बस्ने ४५ वर्षीय श्याम लिङ्खाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको ईटहरी सामुदायिक अस्पताल हुँदै थप उपचारको लागि धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छुट्टाछुट्टै घटनाका सन्दर्भमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?