सेयर बजारमा हरियाली, ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

लोकपथ
689
Shares

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) पनि सेयर बजारले उकालो यात्रा तय गरिरहेको छ । यो समाचार तयार पार्दासम्म सेयर कारोबार मापक नेप्से परिसूचक ३९.१५ अंकले बढेर २८२१.२६ बिन्दुमा पुगेको छ ।

कारोबार खुलेको २ घण्टा बित्दा सेन्सेटिभ परिसूचक पनि ८.२२ अंकले घटेर ५२९.२२ बिन्दुमा पुगेको छ ।

सो अवधिसम्म ४ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ । १३ उपसमूहमा १३ वटै उपसमूहमा हरियाली छाएको छ ।

हालसम्म होटल एण्ड पर्यटन समूहको सेयरमूल्य सबैभन्दा बढेको छ भने हाइड्रोपावर समूह सो समूहलाई पछ्याउँदै छ ।

यो समाचार तयार पार्दासम्म ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, बोटलर्स नेपाल (तराई), सामुदायिक लघुवित्त, युनियन हाइड्रोपावर र पाँचथर पावर कम्पनीको सेयर मूल्यको १० प्रतिशतले बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?