बिहानैदेखि राहदानी विभागमा घुइँचो

लोकपथ
511
Shares

काठमाडौं । कोरोना महामारी रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका कारण धेरै नेपालीहरुको रोजगारी गुम्यो ।

नेपालमा रोजगारी गुमेपछि यतिबेला विदेशिने नेपाली युवायुवतीको संख्या बढेको छ । रोजगारीको खोजीमा रहेका युवायुवतीहरुलाई अमेरिकाले प्रत्येक वर्ष खुलाउने गरेको डाइभर्सिटी भिसा (डीभी) प्रति आकर्षण बढेको छ । जसको ज्वलन्त उदाहरण हो राहदानी विभागमा देखिएको भीडभाड ।

 

आइतबार बिहानैदेखि काठमाडौंको लैनचौरस्थित राहदानी विभागमा राहदानी बनाउनेहरुको भीडभाड देखिएको छ ।

त्यसमध्ये धेरै डीभी भर्नका लागि राहदानी बनाउन आएको बताउँछन् । भने कोही विदेशमा उच्च शिक्षा हासिल गर्न र कोही रोजगारीको लागि राहदानी बनाउन आएको बताउँछन् ।

राहदानी बनाउनहरुको भीडभाड देखिएपछि आगामी कात्तिक २२ सम्मको लागि टोकन वितरण गरेको राहदानी विभागले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?