सुनचाँदीको मूल्य घट्यो, आजको बजारभाउ कति ?

लोकपथ
858
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ भने चाँदी ५ रुपैयाँले घटेको हो ।

शुक्रबार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएकोमा आइतबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन आज ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?