प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिए कानुन व्यवसायी

लोकपथ
112
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसाेसिएसनले सर्वाेच्च अदालतमा आजबाट आन्दोलन सुरु गरेको छ ।

बारको अगुवाइमा सर्वाेच्चको प्राङगणमा कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरिरहेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस पैरवी रोकेका छन् । न्यायाधीशहरुले पनि केही दिनयता इजलास बहिस्कार गरेका छन् ।

प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद् विस्तार र संवैधानिक आयोगहरुमा भएको नियुक्तिमा आफ्नो भाग खोजेको आरोप लाग्दै आएको छ । कानुनविद् र न्यायाधीशहरु त्यसका विरुद्ध छन् । न्यायालयको विकृतिविरुद्ध आफूहरु धर्नामा बस्नु परेको धर्नामा सहभागी कानुनविद्हरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?