आकाश र आश्माको ‘ड्रिम गर्ल’ असोज १९ मा आउने

काठमाडौं । यसअघि असार २८ गते रिलीज हुने भनिएको सिनेमा ‘ड्रिम गर्ल’ अब असोज १९ गतेबाट अल नेपाल रिलीज हुने भएको छ । 

पोखरामा आयोजित पत्रकार सम्मेलनमा निर्माता रामेश्वर धितालले भने अब यो सिनेमा दशैँको अवसर पारेर रिलीज हुन्छ । 

चलचित्र ‘ड्रिम गर्ल’ रारा, काठमाडौं र थाइल्यान्डमा छायांकन गरिएको सिनेमामा हाई प्रोफाइल लभस्टोरी रहेको बताइएको छ ।

सिनेमाको कथा निर्माता निर्देशक ऋषिराज आचार्यले तयार पारेका हुन् । सिनेमामा अर्जु शर्मा, ऋषिराज आचार्य, रामेश्वर धिताल र भारतीय सिनेमा निर्माण कम्पनी रिल एण्ड रियल सिनेमाले निर्माण गरेका हुन् ।

आगामी जेठमा सिनेमाको गीत तथा टिजर सार्वजनिक गर्ने निर्माण टिमले बनाएको छ । २ करोड ५० लाख बजेट लगानी सिनेमामा गरिएको निर्माण टिमको भनाइ रहेको छ । 

सिनेमामा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सन विक्रम राई, सरोज खनाल, अर्जु श्रेष्ठ, शिशिर भण्डारी, पुजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, शुरबिर पण्डित लगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?