कतिमा भयो साहस ऊर्जा र तेह्रथुम पावरको पहिलो सेयर कारोबार ?

लोकपथ
4.8k
Shares

काठमाडौं । साहस ऊर्जा लिमिटेड र तेह्रथुम पावर लिमिटेडको साधारण सेयर (आईपीओ) आजबाट धितोपत्र दोस्रो बजारमा कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार सूचीकृत भएको कम्पनीको सेयर आजबाट दोस्रो बजार कारोबार सुरु भएको हो ।

आज भएको प्रि ओपन सेसनमा तेह्रथुम पावरको पहिलो कारोबार २५४.२ रुपैयाँमा भएको छ र भने साहस ऊर्जाको पहिलो कारोबार ४०५.३ रुपैयाँमा भएको छ ।

शुक्रबार साहस उर्जाको ३ करोड ५० लाख कित्ता सेयर सूचीकृत भएको थियो । कम्पनीको कारोबार SAHAS सिम्बलबाट कारोबार सुरु भएको हो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १३५.११ रुपैयाँदेखि ४०५.३३ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४ सय ४५ रुपैयाँ ८० पैसा पुगेको छ

त्यस्तै तेह्रथुम पावरको ४० लाख कित्ता सेयर सूचीकृत भएको थियो । कम्पनीको कारोबार TPC सिम्बलबाट कारोबार सुरु भएको हो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ८४.७४ रुपैयाँदेखि २५४.२२ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?