एसपी यादव
सर्लाही । यहि वैशाख २८ गते प्रदेश नं.२ को राजधानी एवं धार्मिक तथा पर्यटकीय नगरी जनकपुरमा छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको हुने आगमनलाई भव्य बनाउनका निम्ति सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको प्रमुख आतिथ्यमा बुधबार जिल्ला समन्वय समितीको हलमा एक कार्यक्रम गरिएको छ ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, भारतीय प्रधानमन्त्री मोदिको हुने आगमनलाई भव्य बनाउन हामी सबै लाग्नु पर्ने बताए । उनले भने, हामीसँग समयको अभाव छ, तसर्थ अहिले नै परिचालन समिति बनाएर जिम्मेवारी बाड्फाड गरि अगाडी बढ्न सुझाए । सर्लाहीबाट उल्लेख्य उपस्थिति कसरी हुन सक्छ ? अहिलेदेखि नै कसरत थाल्नु पर्ने धारणा व्यक्त गरेका थिए ।
मन्तव्यकै क्रममा सर्लाही निर्वाचन क्षेत्र नं. ३ ‘क’का प्रदेशसभा सांसद संजय यादवले भने, प्रदेश नं.२ को राजधानी एवं धार्मिक तथा पर्यटकीय नगरी जनकपुरमा छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको आगमनलाई भव्य बनाउनका निम्ति प्रदेश सरकारले सर्लाही जिल्लाको व्यवस्थापकिय जिम्मेवारी आफूलाई दिएको जानकारी गराए । उनले भने, सर्लाहीका जनतालाई जनकपुर लैजान र ल्याउनका लागि ४० वटा बस उपलब्ध गराइएको छ । साथै खाजाका लागि प्रति बस ५ हजारका दरले नगद समेत दिने व्यवस्थापन गरिएको बताए ।
कार्यक्रममा सर्लाहीका प्रतिनिधि सभाका सदस्यहरु, प्रदेश सभाका ससदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा सदस्यहरु, २० वटै स्थानीय तहका प्रमुखहरु तथा उपप्रमुखहरु, नागरिक समाज, मानव अधिकारवादी, विभिन्न संघसंस्थाका प्रमुखहरु, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया