विभिन्न ३ कम्पनीद्वारा लाभांश घोषणा, कुनको कति ?

लोकपथ
3.6k
Shares

काठमाडौं । विभिन्न ३ वटा कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार महुली लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेका हुन् ।

महुली लघुवित्तले गत आर्थिक वर्षका लागि २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको कत्तिक १३ गते शनिबार बसेको संचालक समितिको बैठकले २०७७/७८ को संचित मुनाफाबाट संस्थाका सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकले पनि गत आर्थिक वर्षको लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षका लागि १८.५० प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १७.५७५ प्रतिशत बोनस सेयर र ०.९२५ नगद लाभांश रहेका छन् ।

त्यसैगरी, एनएमबि बैंकले गत आर्थिक वर्षको लागि १५.८ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १२.५ प्रतिशत बोनस सेयर र ३.३ नगद लाभांश रहेका छन् । बैंकको कात्तिक १२ गते शुक्रबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

३ वटै कम्पनीको प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?