काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजदेखि चरणबद्ध आन्दोलन सुरु गर्दै छ ।
बार एसोसिएसनको शुक्रवार बसेको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
एसोसिएसनले आज र आजदेखि १५, १६ र १७ गतेका दिन प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधी सर्वोच्च अदालतमा विरोधका कार्यक्रम गर्ने भएको हो ।
बारले विरोध कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकामा रहेका बार एकाइका कानुन व्यवसायीलगायत सम्पूर्ण कानुन व्यवसायीहरुलाई अनुरोध गरिसकेको छ ।
त्यसैगरी कात्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको कार्यक्रम रहेको छ ।
बारले यति विरोधका कार्यक्रम गर्दा पनि प्रधानन्यायाधीश जबराको राजीनामा नआएमा विरोधका थप कार्यक्रमहरु घोषणा गर्ने जनाएको छ ।
प्रधानन्यायाधीश जबराले न्यायाधीश हरिकृष्ण कार्कीले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्न नसकेको, मन्त्रिपरिषद्मा र संवैधानिक आयोगहरुमा भाग खोजेको र न्यायालयमा प्रत्यक्ष राजनीतिक हस्तक्षप भएका कारण नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिनुपरेको बारको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया