१५ मङ्सिर २०७८, बुधबार

राणाको निधनमा शोक प्रस्ताव पारित

२०७४,आश्विन,२४,मंगलवार ०८:४८

0
Shares

काठमाडौँ, २४ असोज ।व्यवस्थापिका– संसद्को आजको बैठकले नेपाली काँग्रेसका तर्फबाट विसं २०५० मा तत्कालीन राष्ट्रिय सभाका सदस्य जगदीशचन्द्रशम्शेर जबराको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा मदन पुरस्कार विजेता राणाको भारतको चण्डीगढमा उपचारका क्रममा ८८ वर्षका उमेरमा सोमबार निधन भएको थियो ।सभामुख ओनसरी घर्तीले सदनमा शोक प्रस्ताव प्रस्तुत गरेकी थिइन । बैठकले राणाको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारणासमेत गरेको थियो ।शोक प्रस्तावमा भनिएको छ “व्यवस्थापिका– संसद्को यो बैठक विसं २०५० मा नेपाली काँग्रेस पार्टीको तर्फबाट तत्कालीन राष्ट्रियसभा सदस्य, लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा एवं मदन पुरस्कारबाट सम्मानित हुनुभएका वरिष्ठ साहित्यका जगदीशशम्शेर जबराको मिति २०७४ असोज २३ गते सोमबार ८८ वर्षको उमेरमा भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएकाले गहिरो शोक प्रकट गर्दछ र उहाँको दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ । ”बैठक आज नै आधा घण्टाका लागि स्थगन भएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ०८:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

राष्ट्रपतिबाट एक साथ ६ वटा अध्यादेश जारी
 २०७८,मङ्सिर,१५,बुधबार १९:२५