नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने एक जनालाई पक्राउ गरेको छ । 

वृत्तको टोलीले नयाँ बसपार्क, सामाखुशी वसुन्धरा लगायतका क्षेत्रमा नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्दै हिँडेका तारकेश्वर नगरपालिका–१३ का सुदीप गुरुङलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख योगेन्द्रसिंह थापाले व्यापारी तथा होटल व्यवसायीलाई पेस्तोल देखाई डर, त्रास, धाँक, धम्की देखाई रकम माग गरेको भन्ने सूचनाका आधारमा गुरुङलाई नियन्त्रणमा लिएको बताए । 

“गुरुङले विभिन्न होटल तथा रेष्टुरेन्टमा खाएको पैसासमेत नतिरी हिँड्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ,” उनले भने । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?