काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादीसँग पार्टी एकताका लागि प्रस्ताव गरेका छन् ।
शनिबार सर्लाही पुगेका प्रचण्डले जसपालाई क्षेत्रीय पार्टीबाट राष्ट्रिय बनाउन माओवादी केन्द्रसँग एकता गर्न प्रस्ताव गरेका हुन् ।
जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादव समेत उपस्थित रहेको कार्यक्रममा प्रचण्डले सो प्रस्ताव गरेका ह्न ।
‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौँ, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’
सत्ता सञ्चालनका लागि गठबन्धन गरेको बताउँदै अब ढिला नगरी पार्टी एकता गर्न आग्रह गरे । ‘गठबन्धन त हामीले गरेकै छौँ । अब पार्टी एकता गरौँ । ढिला नगरौँ । तपाइँहरुलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौँ ।’
कृषी मन्त्री समेत रहेका जसपा नेता यादवलाई छिट्टै तयारी गरेर जनकपुरमा पार्टी एकता घोषणा गर्ने समेत दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया