टोप बहादुरको कटाक्ष : ‘प्रचण्ड मानसिक रुपमा हारिसके’

लोकपथ
609
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता टोप बहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गरेका छन् ।

शनिबार मकवानपुरको थाहा नगरपालिकामा आयोजित एमालेको प्रथम पालिका अधिवेशनको उद्घाटन गर्दै नेता रायमाझीले प्रचण्ड अस्थिर मानसिकतामा पुगेको आरोप लगाए ।

पूर्व सहयोद्धा समेत रहेका नेता रायमाझीले प्रचण्ड मानसिक रुपमा हारिसकेको टिप्पणी गरे ।

‘हरूवा मानसिकता देखिन्छ, एक्लै लड्न सकिन्न भन्ने मानसिकता प्रचण्डको छ । ’ रायमाझीले भने, ‘मानसिक रुपमा हारिसके ।’

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सस्थापन नभएको बताउँदै आफूहरु नै नेकपाको सस्थापन पक्ष रहेको दाबी गरे ।

‘प्रचण्ड र माधव सस्थापन होइन, प्रचण्ड भागेर गए ।’ रायमाझीले भने, ‘हामी नै नेकपाको सस्थापन हो, त्यसकारण नेकपाको हसिया हथौडा हामीसँग छ ।’

त्यस्तै आगामी निर्वाचनमा विपक्षीमा रहेका अन्य दलहरुबीच तालमोल गरेर अघि बढ्ने भनाइ हास्यास्पद रहेको उनको भनाइ रहेको छ ।

पार्टी भित्रको विवाद चुलिएपछि प्रचण्ड मानसिक रुपमा विचलित भएको बताउँदै कहिले माओसँग तुलना गर्ने र कहिले आत्महत्या दिने अभिव्यक्ति दिने गरेको उनको टिप्पणी छ ।

‘प्रचण्डले एक्लो परे भनेर माओसँग तुलना गरे, कहिले भन्छन् पार्टी नै खारेज गर्दिने रे, कहिले भन्छन् बिकल्प खोज्ने । कहिले भन्छन् आत्महत्या पनि सहि हुन्छ्न रे, सबै आत्महत्या गलत हुन्न रे ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?