प्रचण्डप्रति ओलीको कटाक्ष : ‘मेरो भान्छामा आफ्नै भाँडाकुँडा हुन्थे, किन चाहियो सरकारी ?

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा करोडौँको सामान प्रयोग गरेको भन्ने भनाइप्रति खण्डन गरेका छन् ।

शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री हुँदा ओलीले बालुवाटारमा करोडौँको विदेशी सामानहरु प्रयोग गर्ने गरेको बताएका थिए । शनिबार (आज) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

‘मेरो भान्छामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे, केको सरकारी पैसामा किन्नु ? प्रधानमन्त्री निवासमा सेना पनि बस्छ, उसलाई खाना खानुपर्‍यो होला। भाँडाकुँडा चाहियो होला। मेरो श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौंको भाँडाकुँडा चाहियो रु ‘थोरै भात र एउटा रोटी खाएर बस्ने मलाई करोडौंको भाँडाकुँडा किन चाहियो रु’ ओलीले भने ।

त्यसैगरी आफ्ना पूर्व सहकर्मी समेत रहेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् । पार्टीको नाम नाम समाजवादी रहे पनि अरुको पार्टी मास्न लागेको आरोप लगाए ।

‘पार्टीको नाम समाजवादी राख्छन् । समाजवादीतिर जान लाग्यो भनेर अरुको पार्टी मास्न लाग्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?