राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथ दर्शन (तस्बिरसहित)

लोकपथ
260
Shares

काठमाडौं । शनिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छिन्। राष्ट्रपतिबाट त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरिन्।

मुक्तिनाथको दर्शन भ्रमणका लागि उनी आज काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ मन्दिरका पुजारी तथा पदाधिकारी, सांसद प्रेमप्रसाद तुलाचन, नेकपा ९एमाले० का नेत्री श्रीमाया थकाली, प्रदेशसभा सदस्य, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जनप्रतिनिधि तथा स्थानीयले स्वागत गरेका थिए।

त्यस्तै आज नै राष्ट्रपति भण्डारीले ढोरपाटन शिकार आरक्षको समेत अवलोकन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?